जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

854
Shares

काठमाडौं।

गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।