सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

392
Shares

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्द्र गिरी कृषि राज्यमन्त्री र खुसीराम चौधरी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।