राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता : थापा

308
Shares

गुल्मी।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले आर्थिक अवस्था सङ्कटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको बताए ।

नयाँ गठबन्धनले राजनीतिक स्थिरतासँगै, सामाजिक एवं सांस्कृतिक अराजकताकोे सङ्कटपूर्ण अवस्थावाट जोगाउँदै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको बताए । नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अवसर दुवै प्राप्त भएको भन्दै उपाध्यक्ष थापाले यो गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।