रंगेलीको प्रिमियर



काठमाडौं ।

शुक्रबार रिलिज हुने फिल्म रंगेलीको बुधबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियर शो निर्धारित समयभन्दा अत्यन्त ढिलो सुरु भएकाले राति ११ बजेसम्म चलेको थियो।

प्रिमियरमा फिल्ममा दयाहाङ राईको ग्याङस्टर क्यारेक्टर र मिरुना मगरको अप्रत्याशित भूमिकाको प्रशंसा गरिएको छ। अर्जुन सुवेदीले पहिलोपटक लेखन तथा निर्देशन गरेको यो फिल्मबाट नेपाली फिल्म उद्योगले गतिलो निर्देशक पाएको भन्दै उनको प्रशंसासमेत भएको छ।

फिल्मको क्लाइमेक्स र यसको अन्त्यले पनि सहभागीको मन जितेको छ भने अप्रत्याशित रूपमा अन्त्यमा आउने आर्यन सिग्देलको केमियोको चर्चा भएको छ।

दयाहाङले फिल्मबाट निकै आशा भएको जनाउँदै आफूले सधैं पात्रको इमोसन र दर्शकलाई कनेक्ट गराउने प्रयास गर्ने गरेको बताए। ‘यसमा पनि मैले सोही कोसिस गरेको छु। मेरो चरित्रमा आफू पावरमा आउनका लागि गरिएका काम र मानवताको प्रदर्शन छ,’ दयाहाङले भने।

मिरुनाले दयाहाङलाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्। निर्देशक सुवेदीले आफूले फिल्मबाट भन्न खोजेको विषयलाई इमानदारिताका साथ प्रस्तुत गरेको बताए।

फिल्ममा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्