आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै



काठमाडौं ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ।

नेपालमा पनि आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। विशेषगरी महिला संघसंस्थाले आज विविध कार्यक्रम गर्दैछन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्