दुबई पठाइदिन्छु भन्दै ५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा पक्राउ



काठमाडौं।

दुबई पठाइदिन्छु भन्दै ५ लाख ७५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका-१७ घर भई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ४४ वर्षीया सुशिला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। ।

 

प्रतिक्रिया दिनुहोस्