युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ



काठमाडौं।

युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी
पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्