तरुण दलका नेताद्वारा खेल सामाग्री वितरण 

1.9k
Shares

ओखलढुंगा।

नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा गोर्खा कम्पनी ट्रेनिङ सेन्टर प्र. लि. धरानका निर्देशक प्रेम मुकारुङ राईले ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेका विभिन्न क्लब तथा विद्यालयमा खेल सामाग्री तथा प्राथमिक उपचार सामाग्री वितरण गरेका छन् । तरुण दलका केन्द्रीय  सदस्य राईले मानेभञ्ज्याङ वडा नम्वर २ का अध्यक्ष राममणी राईको अनुरोधमा ३ वटा विभिन्न स्थानीय क्लबलाई खेल सामाग्री सहयोग गरेका हुन । केन्द्रीय  सदस्य राईले वाक्साका सृजनशील एकता समाज, श्री कल्याण काली युवा क्लब र लिब्जो होल्माफु क्लबलाई ३६ थान खेल जर्सी, ३ वटा भलिबल र प्राथमिक उपचार सामाग्री वितरण गरेका छन् ।

तरुण दलका नेता राईले क्लकहरुलाई सहयोग गर्ने क्रममा मानेभञ्ज्याङ गाँउपालिकाकै वडा नं. १ का अन्य २ वटा क्लबहरुलाई पनि सहयोग गरेका छन् । मानेभञ्ज्याङ १ मोलीका प्रगतीशिल युवा क्लब र तिनकन्य युवा क्लबका सदस्यहरुलाई २४ थान खेल जर्सी, २ वटा भलिबल र प्राथमिक उपचार सामाग्री सहयोग गरेका छन् ।

यसैगरी  तरुण दलका नेता राईले मानेभञ्ज्याङ गाँउपालिका १ मोलीमा रहेको श्री कालीका मा. बि. मोलीका बिद्यार्थीहरुलाई शिक्षण सामाग्री वितरण गरेका छन् । राईले श्री कालीका मा. बि. मोलीमा अध्यनरत २ सय ८० जना बिद्यार्थीहरुलाई २५ सय थान कपी, १८ सय थान डटपेन र ४ सय थान पेन्सिल वितरण गरेका छन् ।

भोजपुर जन्म घर भै हाल धरानमा स्थायी बसोबास गर्दै आएका राई हाल धरानमा रहेको गोर्खा कम्पनी ट्रेनिङ सेन्टर प्र. लि.का सञ्चालक रहेका छन्  ।