‘आलोचना छाड्नुस् प्रस्ताव लिएर आउनु मिलेर काम गरौँ’ : मेयर


‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन । चिठीका प्रत्येक शब्द गोली समान हुने रहेछ’ चित्रकार झविन्द्र गुरुङले यो भनाइसहित पोखरामा भएको प्रादेशिक ललितकला प्रदर्शनीमा खाममा गोलीलाई राखेर रातो डोरीले बाधेको स्ष्ट देखिन्छ । झट्ट हेर्दा त्यो गोली किन राखिएको होला भन्ने लाग्छ । त्यहाँ उनले केही लेखिएको पेपर समेत टाँसेका छन् । जसले स्पष्ट हुन्छ । एउटा पत्रले गोलीले भन्दा बढी लाग्छ ।

चित्र र कार्टुन यस्तो कला हो जसले धेरै कुरा बोल्दछ । एउटा तस्बिरले हजार शब्द बोल्छ भनेझैँ चित्र र कार्टुनले पनि हजारौँ शब्द बोल्दछ । पोखरा ९ नयाँबजारमा कला प्रदर्शनी भएको थियो । त्यही  प्रदर्शनीमा एउटा कार्टुन थियो । जसमा एक व्यक्ति हालतमा हरियो रंग लिँदै हिडेको हुन्छ, घरहरुमा हरियो रंग लगाइएको हुन्छ र रुखहरु काटिएको हुन्छ, छेउमा एउटा कुकुरले सोचेको हुन्छ ग्रीन सिटी’ यो कार्टुनले पोखराका मेयरप्रति व्यङ्ग्य गरेको थियो । केही  समय अघि पोखरालाई हरित शहर बनाउने भन्दै समाचार व्यापक भएको थियो । त्यतिबेला घरमा हरियो रंग लागाउने भन्ने कुरा फैलिएको थियो र आलोचना खेप्न परेको थियो मेयर धनराज आचार्यले । अर्को कुरा पोखरा महेन्द्रपुलमा रहेको पुस्तकालय र आर्ट ग्यालरी भत्काएर झन्डा पार्क बनाइएको छ । कार्टुनले मेयर धनराज आचार्यको श्री ततायो । कार्यक्रममा पुगेका उनी एकाएक आयोजक माथि खनिदैँ अन्तिममा भने,–‘आज यो भव्य कार्यक्रम भएको छ र यति बोल्ने मुडमा थिइन्, बोल्न आएकै होइन यहाँ शुभकामना दिने हेर्ने भनेर आएको त्यो पेन्टिङ हेरौ भनेर आएको  कहाँ रहेछ त्यो पोखरालाई हरियो शहर बनाएर जानुपर्ने । सबै कलर हरियो बनाउने भन्ने त्यो पेन्टिङ चाहिँ मूल्य तिरेर लान्छु मूल्य बनाइदिनुहोला कति हो त्यो धनराज आचार्य पर्सनल्ली किन्छ ।’ त्यो पेन्टिङ म किनेर लान्छु ।’

आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट ग्यालरी र ग्रीन सिटीको बारेमा फैलिएको भ्रमको अन्त्य गर्नका लागि त्यो कार्टुन त्यहाँ राखेका थिए । कलाकार जित गुरुङले बनाएको त्यो कार्टुनले मेयर आचार्यलाई गोलीले भन्दा बढी लाग्यो । आयोजकले भ्रम चिर्न राखेको त्यो कार्टुनका कारण मेयरले त्यहाँ रिसाएर खेदो मात्र खनेनन् त्यहाँ भएका चित्रहरु नहेरि बाहिरिए ।

उनले आफू मेयर भएपछि सबैभन्दा बढी खेदो खनेको विषय आर्ट ग्यालरी रहेको बताए । महानगरले आर्ट ग्यालरीलाई पोखराको पृथ्वीचोकमा लैजाने गरी गरेको छलफललाई व्यवास्ता गर्दै आफूप्रति नकारात्मक तरिकाले लागेको सुनाए ।

‘आर्ट ग्यालरी भाडामा लिएर आफै आफै मिलेर बनाएका छौँ । त्यसलाई व्यवस्थित गर्न ठाउँमा पटक पटक छलफल गरेर ठाउँपनि हामीले नै खोजेर भाडा नतिर्ने राज्यको तर्फबाट १० करोड खर्च गरेर ठाउँ खाजेर समय लाग्यो । नीतिगत कुरा मिलाएर पोखरा भवन ९ करोड २५ लाखको लागतमा भवन बनाउँदैछ । २७ गते शिलान्यास गर्नेछौं’ उनले भने, ‘सायद म मेयर भएपछि सबैभन्दा बढी खेदेको विषय पछि लाएर खेदेको विषय यही  छ । ग्यालरी र लाइबेरी भत्काएर त्यही  भएको घरमा अर्का कसैले २० वर्षदेखि लुटेर खाएको जग्गा फिर्ता ल्याएको भनेर भनेको खोई ? त्यो भनेको भए हुन्थ्यो नी ।’

प्रमुख अतिथि बोलाएर प्रश्न सोधको पहिलो पटक देखेको भन्दै उनी कड्किदैँ आफू  लोभ नगर्ने र कसैसँग नडराउने सुनाए । ‘आजको प्रोग्रामको सेडुल देख्दा खेरी चाहिँ प्रमुख अतिथि बोलाएर प्रश्न सोधाउने भन्ने इट इज फस्ट टाइम, पहिलो चोटि देखेको छु । कि त सामान्य बहसको कार्यक्रम राख्नुपर्छ । धनराज आचार्य प्रश्नको जवाफ छ म सँग लोभ छैन डर छैन् दोहो¥याएर भन्छु लोभ पनि छैन डर पनि छैन् । मेरो आलोचना गर्न छाड्नुस् प्रस्ताव लिएर आउनुस मिलेर काम गरौँ ।’ त्यति भन्दै उनले पोखरा महानगरपालिका सांस्कृतिक भाषा, भेषभुष, कला, साहित्यका लागि सद्यैँ अघि रहेको सुनाए ।