यस्तो छ आजको मौसम

2.35k
Shares

काठमाडौं ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।