माधव नेपालसँगको भेटपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ

2.54k
Shares

काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ। वैकल्पिक सत्ता गठबन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपाल सकारात्मक भएको बताएको छ।

नेकपा एसका अध्यक्ष नेपाल र सभापति देउवाबीच भेटवार्ता क्रममा सकारात्मक छलफल भएको कांग्रेसले दाबी गरेको हो । सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको बताए।

उनले भने, ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ।