माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

7.99k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन्। नयाँ सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला अध्यक्ष नेपाललाई भेट्न देउवा कोटेश्वरस्थित उनकै निवासमा पुगेका हुन्।

देउवाको साथमा उनकी पत्नी आरजुसहित नेता रमेश लेखक पनि छन्। अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको गठबन्धन भत्काउँदै एमाले-रास्वपासहितको नयाँ गठबन्धन बनाएका छन्। हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। एकीकृत समाजवादीले यसमा आफू पनि सहभागी हुने कि नहुने भन्ने विषयमा आजै निर्णय गर्ने बताइरहेको छ।