एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

350
Shares

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने /नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेकपा (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ।

बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए।