कांग्रेसको निर्णय: प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

322
Shares

काठमाडौं । 

सत्ता गठबन्धनबाट बाहिरिएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

पार्टी उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिँदै भन्नुभयो– ‘हामीले प्रचण्डलाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आजको बैठकबाट उक्त समर्थन फिर्ता लिएका छौँ ।’

उपसभापति गुरुङले कांग्रेसका कारणले नभएर प्रधानमन्त्रीको काँध फेर्ने प्रवृत्तिका कारण गठबन्धन भत्किएको टिप्पणी गर्दै एमाले सहतिको चारदलीय नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तत्काल सत्ताको खेलमा नलाग्ने बताउनुभयो।

‘कांग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ, हामी सत्ताको खेलमा लाग्दैनौं’, गुरुङले भन्नुभयो। यस्तै, कांग्रेसले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।