राप्रपा सत्ताको खेलमा सामेल छैन, हामी प्रतिपक्षमा हुन्छौं : अध्यक्ष लिङ्देन

0
Shares

काठमाडौँ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको खेलमा सामेल नभएको पबताएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले आफ्नो दल प्रतिपक्षमै बस्ने स्पष्ट पारे ।

उनले आफू पूर्व प्रधानमन्त्री माधव नेपाल बिरामी भएको थाहा पाएर भेट्न आएको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल माधव नेपाललाई भेटेर निस्किएलगत्तै लिङ्देन कोटेश्वर पुगेका थिए ।