एस. एम. पी को ११औँ वार्षिकोत्सव सम्पन्न


काठमाडौँ। 

नेपालको अग्रणी डिजिटल मार्केटिङ एजेन्सी, सोसियल मिडिया प्रमोसन प्रालिले आफ्नो ११औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। विगत दशकदेखि एस. एम. पी ले आफ्नो दक्षता र अनुभवले डिजिटल मार्केटिङ क्षेत्रमा अग्रसर हुँदै प्रभावकारी र उल्लेखनीय कार्यहरू गर्दै आइरहेको जनाएको छ।

२०१३ मे ५ मा स्थापना भएको एस एम पी को स्थापना भएको थियो।

एस एम पीको दक्षता डीजीटल मार्केटिङ भएतापनि विज्ञापन/मार्केटिङमा आवश्यक सम्पूर्ण प्लेटफर्म हरुको उपयुक्त उपयोग गर्दै हालसम्म उदाहरणीय सेवा प्रदान गर्दै आएको बताएको छ।

“हामी विगत ११ वर्षदेखि ब्रान्डहरूलाई सशक्त बनाउन र सामाजिक सञ्जालको गतिशील संसार मार्फत वहाहरुलाई लक्षित दर्शकहरुमाझ पुर्याउन सफल भएको पाउँदा हर्षित छौँ,””एसएसपीका कार्यकारी निर्देशक आशिष भण्डारीले भने।

प्रसित नेपाल, प्रबन्ध निर्देशक थप्छन्, “”हाम्रो यात्रा हाम्रा ग्राहकहरुको विश्वास र समर्थन बिना सम्भव थिएन। हामी उहाँहरूको  निरन्तर सहयोग र हाम्रो दृष्टिकोण माथिको विश्वासको लागि धेरै आभारी छौँ।””