स्रोत नखुलेको रकमसहित रौतहटबाट दुईजना पक्राउ 

2k
Shares

रौतहट। 

 स्रोत नखुलेको रकम सहित रौतहटबाट दुई जना पक्राउ परेका छन । भारतीय सिमा क्षेत्र जोडिएको रौतहटको ईशनाथ नगरपालिका–१ जानपुलबाट स्रोत नखुलेको १० लाख रुपैयाँ सहित मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ लाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले प्र.३ ०१–०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित उनीहरु लाई पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।