मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

224
Shares

काठमाडौँ।

नयाँ गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल हुनेछ । गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई पनि सहभागि गराउने पक्षमा छन् ।

सोमबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरू नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रीबारे आज बैठकमा निर्णय हुने बताइएको छ ।