मन्त्री गुरुङले छाडे सरकारी निवास

1.4k
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे पछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् ।

 राजिनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भने मन्त्री निवास छाडेका छन् ।

 प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको तयारी गरिरहँदा कानुन मन्त्री गुरुङले सरकारी निवास छाडेका हुन ।

‘आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु।
सबैलाई धन्यवाद।’