नवनियुक्त तीन मन्त्रीले लिए शपथ

3.3k
Shares

काठमाडौँ ।

तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना विभागीय मन्त्रीको शपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।