सशस्त्रका डीएसपी बस्याल मृत भेटिए

8k
Shares

विराटनगर।

मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्यालयमै मृत फेला परेका छन्।

मोरङको धनपालथान गाउँपालिका ३ स्थित सशस्त्र प्रहरी बलको गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार दिउँसो सवा २ बजेतिर मृत फेला परेको खबर आएको थियो। त्यस लगतै अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको उनले बताए।

डीएसपी बस्यालको घर पाल्पा हो। तर उनका परिवार काठमाडौं बस्दै आएको बताइएको छ।