मलाई कसैले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन सक्छु : प्रचण्ड

1062.01k
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा पनि लात्ताले हान्नसक्ने बताएका छन्।

आइतबार दिउँसो ‘शान्ति, प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम छु, प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन। आजको दिन हरेक हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ।’

साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प समेत गरेका छन्।

‘क्रान्तिकारीजति एक ठाउँमा हुनैपर्छ, अरु कुनै उपाय छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।