आजै सरकार परिवर्तन, सानो मन्त्रिमण्डलले शपथ लिन्छ : एमाले उपाध्यक्ष पाण्डे

4.6k
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ। सङ्क्रमणकालीन न्याय तथा राष्ट्रियसभा अध्यक्षको विषयमा एमाले र माओवादीबिच सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै (सोमबार) सरकार परिवर्तन हुने बताएका छन्। उनले नयाँ मन्त्रिपरिषद् बन्न लागेको फेसबुक मार्फत जानकारी गराएका हुन्।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद् बन्दै, सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ,’ पाण्डेले लेखेका छन्।

सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाउन तयार भएको अवस्थामा आफूहरू उनीसँग सहकार्यको लागि तयार भएको निष्कर्ष निकालेको थियो।