देउवाले बोलाए पदाधिकारी बैठक

1.6k
Shares

काठमाडौं ।

सत्ता गठबन्धन टुट्न थालेपछि नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन्।

बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ। यसअघि आजै बिहान कांग्रेसका सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।

कांग्रेस सहमहामन्त्री जीवन परियारका राष्ट्रिय राजनीतिमा विकसित नयाँ राजनीतिक घटनाक्रमको विषयमा आजको बैठकमा छलफल हुनेछ।

यता गठबन्धन भत्किने लगभग निश्चित भएपछि नयाँ समीकरणको कसरत सुरु भएको छ। दलहरु बिहानै देखि आन्तरिक छलफलमा जुटेका छन्।

गएराति नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेको थियो।