एमाले सचिवालय बैठक जारी

616
Shares

काठमाडौं ।

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा बैठक बसिरहेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् हेरफेर तथा इलामको उपनिर्वाचन लगायतका विषयमा सत्ता गठबन्धन भित्र छलफल चलिरहेका बेला एमाले सचिवालय बैठक बसेको हो। बैठक पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

यसअघि, आइतबार एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको थियो।