प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेटमाथि छलफल सुरु हुने

98
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेस गर्ने कार्यसूची रहेको छ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आ.ब. २०८१ /८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।