सत्ता गठबन्धनको बैठक बस्दै

700
Shares

काठमाडौं ।

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ।

आइतबार मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गरेका थिए । सो भेटवार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरु भएको छ।

ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।