रंगेलीको घामले तारा सार्वजनिक



काठमाडौं ।

आगामी शुक्रबार रिलिजमा आउने फिल्म रंगेलीको प्रेमली गीत घामले तारा सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरले एक अर्काप्रतिको प्रेमभाव प्रकट गरेका छन्।

फिल्ममा दयाहाङ र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि उनीहरू गहिरो प्रेममा परेको सार्वजनिक गीतले प्रष्ट पार्दछ।

गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना र सुशान्त गौतमको संगीत रहेको छ। गीत युरोपको विश्व प्रतिष्ठित बुढापेस्ट अर्केस्ट्रामा रेकर्ड गरिएको हो।

अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको ग्याङस्टर फिल्म रंगेलीमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले प्रमुख भूमिकामा अभिनय गरका छन्।

हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन रहेको छ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठद्वारा निर्मित फिल्ममा जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता, युवक कार्की र शिवशंकर चौलागाईं सहनिर्माता तथा विवेक खड्का (योलो) एसोसियट निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्