एकैदिन १९ फरार प्रतिवादी पक्राउ

308
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष प्रहरी टोलीले शुक्रबार एकैदिनमा विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएका १९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ  पर्नेहरुमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ४१ को क्षेत्र बहादुर  खत्रीलाई मिति २०७७ माघ १९ गतेको फैसलाले चेक अनादर मुद्दामा  १ हजार जरिवाना भएको थियो ।

त्रियुगा नपा ११ वस्ने वर्ष ३४ को मनोज कटुवाललाई मिति २०६४ जेठ २१ गतेको फैसलाले कुटपिट मुद्दामा  २सय ५० जरिवाना तोकेको थियो । सोही ठाउँ  बस्ने वर्ष ४४ को टंक ब। कटुवाललाई मिति २०७२ चैत्र १७ गतेको फैसलाले सार्वजानिक अपराध मुद्दामा  १ हजार ५ सय जरिवाना तोकिएकोमा फरार अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी त्रियुगानपा ६ बस्ने ४२ वर्षीय  सुरजुगिया देवी मलवारलाई उदयपुर जिल्ला  अदालतको २०६८ असार २९ गतेको फैसलाले कुटपिट मुद्दामा  १ हजार २ सय, त्रियुगा नपा ९ बस्ने वर्ष ३६ की सर्मीला कार्कीलाई २०६७ पुष २७ गतेको फैसलाले जालसाजी  र गाली बेइज्जती मुद्दामा रु.१७ रुपैया जरिवाना तोकिएको थियो ।

त्रियुगा नपा ९ बस्ने वर्ष ४७ की कृष्ण कुमारी बस्नेतलाई २०६५ माघ ७ गतेको फैसलाले लुटपाट गरेको मुद्दामा  ५१, त्रियुगा नपा ११ बस्ने वर्ष २८कोनिराजन खत्रीलाई २०७३ बैशाख २० गतेको फैसलाले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा रु. १ हजार, त्रियुगा नपा ५ बस्ने वर्ष ५० को तारा भुजेललाई २०६३ चैत्र ४ गतेको फैसलाले गाली बेइज्जती मुद्दामा  र कुटपिट मुद्दामा रु. ७५ जरिवाना तोकिएकोमा सबैजना फरार अवस्थामा रहेका थिए ।

फरार अवस्थामा रहेर पक्राउ पर्ने अन्यमा त्रियुगा नपा ११ बस्ने वर्ष २८ को रमेश रोक्कालाई २०७३ बैशाख २० गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा  १ हजार,  त्रियुगा नपा ५ बस्ने वर्ष ४५ को सन्तोष कुमार साहलाई २०६६ माघ १५ गतेको फैसलाले जालसाजी मुद्दामा  ५ जरिवाना तोकेको भए पनि फरार अवस्थामा रहेका थिए ।

यस्तै  त्रियुगा नपा १२ बस्ने वर्ष ६८ को दाहुर साहु तेलीलाई २०६४ कार्तिक १३ गतेको फैसलाले गाली बेइज्जती मुद्दामा २५ ,त्रियुगा नपा ५ बस्ने वर्ष ३४ को सीता मगरलाई २०६५ पुष ४ गतेको फैसलाले कुटपिट मुद्दामा  १२ जरिवाना तोकेको थियो ।

यसैगरी त्रियुगा नगरपालिका ८ बस्ने वर्ष ६५ को टंक बराईलाई २०६८ साउन ३२ को फैसलाले कुटपिट मुद्दामा  २८ , त्रियुगा नपा ११ बस्ने वर्ष ५७ को अम्बर बहादुर खत्रीलाई २०६६ भदौ ८ गतेको फैसलाले झुठा बकपत्र गरेको मुद्दामा  १७ जरिवाना, त्रियुगा नपा १२ बस्ने वर्ष ३९ की उमा कार्कीलाई २०६५ फागुन ४ गतेको फैसलाले गाली बेइजजती मुद्दामा ५० जरिवाना तोकिएको थियो ।

त्रियुगा नपा १२ बस्ने वर्ष ४द्ध को मान कुमारी कार्कीलाई २०६५ फागुन ४ गतेको फैसलाले बेइज्जती र कुटपिट मुद्दामा  १ सय ५, त्रियुगा नपा १२ बस्ने वर्ष २९ को सागर बिकलाई २०७३ असार २१ को फैसलाले सावैजनिक अपराध मुद्दामा १ हजार, जिल्ला उदयपुर कटारी नगरपालिका ८ बस्ने वर्ष ४२ को मोहन कुमारी कोइरालालाई २०६४ पुष १३ गतेको फैसलाले सम्बन्ध विच्छेद मुद्दामा  १२ र त्रियुगा नपा १३ साकेलाटोल बस्ने वर्ष ४६ को सुरेन्द्र राईलाई सवारी ज्यान मुद्दामा  २ हजार जरिवाना तोकिएको थियो।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनकालागि शुक्रबार नै जिल्ला अदालत उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कायाृलय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले एकै एकैदिन यति धेरै फरार प्रतिवादीहरु पक्राउ गरेर फैसला कार्यान्वयनकालागि जिल्ला अदालतमा बुझाएको यो नै पहिलो रेकर्ड भएको छ ।