बलात्कार आराेपमा दुईजना पक्राउ

924
Shares

काठमाडौँ।

 नवलपरासी पूर्व र माेरङबाट दुईजना बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

 विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङकाे बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।