दुग्ध उत्पादक किसानहरुको आन्दोलनमा एमाले बागमती प्रदेशको ऐक्यबद्धता

1.03k
Shares

काठमाडौँ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले दुग्ध उत्पादक किसानहरुको आन्दोलनमा  ऐक्यबद्धता जनाएको छ। आज एक विज्ञप्ति प्रकाशित गर्दै एमाले बागमती प्रदेशले  ऐक्यबद्धता जनाएको हो।

किसानहरुको  यही  फागुन २१ गते माइतीघर मण्डलामा हुने  वृहत विरोध सभामा  एमालेले आफ्ना  सबै नेता कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागी हुन अपिल समेत गरेको छ।

यस्तै दुग्ध उत्पादक किसानहरुको भुक्तानी समयमा नै  प्रदान गर्न सरकारसंग  माग गरेको छ ।