जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

1.1k
Shares

कास्की।

पोखरा महानगरपालिका-५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-१ घर भएका ५१ वर्षीय पदम लामा समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हजार ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।