संगीतमा तिमिजस्तै



काठमाडौं ।

हुँदैन कसैको मुटु ढुंगाको, धेरै भो, रुमाल लुकाइलुकाइ खेल्दाजस्ता गीतका गायक सञ्जय किशोर श्रेष्ठले बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच झन्डै दुई दशकपछि नयाँ गीत तिमीजस्तै सार्वजनिक गरेका छन्।

‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु। जेम्स (प्रधान) दाइका कारण यो सम्भव भएको हो,’ कार्यक्रममा गायक श्रेष्ठले भने। गीतमा जेम्स प्रधानको शब्द र संगीत छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका छन्।

भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन्। भिडियोमा जेसिका प्रधानको रंग संयोजन र सम्पाद तथा श्याम तामाङको छायांकन रहेको छ।

‘मैले गीत तयार गरेर राखेको थिए“। एकदिन गायक श्रेष्ठ आएर सुने। यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौं,’ संगीतकार प्रधानले भने।

कार्यक्रममा गायक शशी गुरुङले आफूझै“ दुई दशकपश्चात् सक्रियता देखाएको भन्दै गायक श्रेष्ठलाई शुभकामना दिए। अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको स्वरमा अन्यभन्दा छुट्टै मिठास भएको बताए।

प्रतिक्रिया दिनुहोस्