फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप, ११ जना घाइते

1.6k
Shares

काठमाडौँ।

फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो।

झडपमा नगर प्रहरीका ५ जना र फुटपाथ व्यवसायी ६ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए।

उनका अनुसार ९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् । फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएको थियो । नगर प्रहरीले हटाएलगत्तै दुई पक्षबिच झडप भएको बताइएको छ ।