बालबालिकाको शैक्षिक सुधारका लागि सामाजिक अभियान

350
Shares

 उदयपुर ।

 उदयपुरको मदन भण्डारी लोकमार्ग छेउमा रहेका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका भित्रका १० वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सेवा निवृत्त राष्ट्रसेवक संघ जिल्ला समिति उदयपुरले सामाजिक अभियान सञ्चालन गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी एमाले उदयपुर जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो।

प्रमुख अतिथि घिमिरेले हामीले परिवर्तनका लागि आफैबाट सुरु गर्नु पर्दछ र अरुले हाम्रो लागि परिवर्तनमा सहयोग गरेर नहुने भएकोले हामीले हाम्रै लागि हामीबाट नै सुरु गर्नु पर्ने बताए ।उनले समृद्धिका लागि आफूसँग भएको सीप ज्ञानलाई प्रयोगमा ल्याउनु पर्ने र त्यसले अरुलाई पनि शिक्षा दिने भएकोले आफूसँग भएको सीप ज्ञान बाँडेर व्यवहारमा र समाजको प्रगति उन्नतिमा लगाउनु पर्ने बताए ।

विभिन्न  मितिमा मदन भण्डारी लोकमार्गसँग जोडिएका माध्यमिक विद्यालयहरुमा सो कार्यक्रम सञ्चालन गरिएको र सो कार्यक्रममा बालबालिकाको भविष्यसँग जोडिएका समृद्धिका विषयका साथै लागु औषधबाट हुने हानी नोक्सानीका साथै यसको सेवनले गर्दा घर परिवार र समाजमा हुने असरका बारेमा चेतना मूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

बुधवार गाईघाटमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक अभियन्ता जस बहादुर कार्कीले सामाजिक अभियानका बारेमा जानकारी दिएका छन् ।

सेवा निवृत्त राष्ट्रसेवक संघले आयोजना गरेको सो अभियानलाई जिल्लाका विभिन्न पालिकाहरुमा रहेका विद्यालयहरुमा पनि सञ्चालन गरिने र बालबालिकाहरुको शैक्षिक भविष्यलाई मध्य नजर गरी समृद्धिसँग जोडेर भावि पुस्तालाई सचेत गराउन र अभिभावकहरुलाई पनि जागरुक सचेत गराउन यो कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ

सेवा निवृत राष्ट्रसेवक संघ जिल्ला समिति उदयपुरका अध्यक्ष हर्कनारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष इन्द्रराज कार्कीले स्वागत मन्तव्य र सञ्चालन शुकदेव चौधरीले गरेका थिए।