कार्यविभाजन गर्दै विषयगत जिम्मेवारी तोकेर सकियो  एमाले धादिङको बैठक 

1.2k
Shares

धादिङ। 

नेकपा (एमाले) धादिङ जिल्लाको नवौं जिल्ला अधिवेशन पश्चताको मंगलबार र बुधवार सम्पन्न प्रथम बैठकले नेताहरुको जिम्मेवारी तोक्दै पालिका र जनसंगठनको इन्चार्ज समेत तोकेको छ ।

जिल्ला कमिटीले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले बताए ।
पालिका इन्चार्जहरुमा धुनिवेशी नगरपालिका उर्मिला रेग्मी रुपाखेती,  थाक्रे गाउँपालिका केदारप्रसाद पाठक, गल्छी गाउँपालिका हिरादेवी रेग्मी,  गजुरी गाउँपालिका रंग थपलिया,  बेनिघाट रोराङ गाउँपालिका राजेन्द्र विक्रम वस्नेत, सिद्धलेक गाउँपालिका गोविन्द कँडेल, नीलकण्ठ नगरपालिका वेदनिधि पाठक (बेनि), ज्वालामुखी गाउँपालिका अर्जुन कुमार श्रेष्ठ, नेत्रावती गाउँपालिका भरत ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिका भक्तबहादुर लामिछाने, गंगाजमुना गाउँपालिका गोपाल गुरुङ, खनियावास गाउँपालिका हरी थापा मगर र  रुवीभ्याली गाउँपालिका प्रज्वल तामाङलाई जिम्मेवारी दिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरि २२ वटा जनसंगठनहरुको पनि कार्यविभाजन गरी  जिम्मेवारी प्रदान गरिएको छ । साथै १ सय ४ वटै वडा कमिटीको लागि इन्चार्जको जिम्मेवारी बैठकले तोकेको छ ।

नेकपा एमाले धादिङले गजुरीका दीपक खतिवडा, धुनी बेसीका मनोज लामा, ज्वालामुखीका रणबहादुर शाही, सिद्धलेकका प्रेमनाथ सिलवाल, नीलकण्ठका पार्वती राई खाँण, र नीलकण्ठका हरीबहादुर श्रेष्ठलाई जिल्ला  कमिटीमा मनोनीत गरेको छ ।

नेकपा एमाले बैठकले ८ ओटा विभागहरु गठन गरेर संगोजक तोकेको छ । संगठन विभागमा राधिका सापकोटा, प्रचार तथा प्रकाशन विभागमा शंकर श्रेष्ठ, पार्टी स्कुल विभागमा उर्मिला रेग्मी, निर्वाचन विभागमा कुमार विक, स्थानीय विकास विभागमा केदारनाथ खतिवडा, सहकारी तथा गरिबी निवारण विभागमा पार्वती राई खाँण र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागमा योगेन्द्र कुमार बस्नेतलाई जिम्मेवारी दिइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख श्रेष्ठले बताएका छन्  ।

बैठकले  पदाधिकारी सहित २४ सदस्यीय सचिवालय गठन गरेको छ ।  सचिवालयमा अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, उपसचिव उर्मिला रेग्मी, भक्तबहादुर लामीछाने, केदार पाठक धुनीबेसी, राजेन्द्र विक्रम बस्नेत गजुरी, केदारनाथ खतिवडा गल्छी, गोबिन्द कँडेल बेनिघाटरोराङ, बेधनिधि पाठक (बेनी) सिद्धलेक, भरत ढुंगाना नीलकण्ठ, बलबहादुर अधिकारी गंगाजमुना, गोपाल गुरुङ त्रिपुरासुन्दरी, प्रज्वल तामाङ रुबीभ्याली, प्रेम सिलवाल सिद्धलेक, हरीबहादुर थापामगर ज्वालामूखी, हिरादेबी रेग्मी बेनिघाट, गोकर्ण रुपाखेती थाक्रे, राजेन्द्र (राजिव) तामाङ धुनीबेसी, दीपक खतिवडा गजुरी, सरिता श्रेष्ठ ज्वालामूखी, र पार्वती राई खाँण नीलकण्ठ रहने निर्णय गर्दै नामावली सार्वजनिक गरेको छ ।

नेकपा एमालेले पार्टीको विधान बमोजिम हरेक वर्षको फागुन र चैत्र महिना पार्टी सदस्यता नवीकरण र  नयाँ सदस्यता प्रदान गर्ने महिनाको रुपमा रहेकोले २०८१ सालको सदस्यता नवीकरणका लागि सम्पूर्ण पालिका  कमिटीले योजना बनाएर अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेको जिल्लाबाट प्रशिक्षक प्रशिक्षण लिएका कमरेडहरुलाई स्कुल विभागले समन्वय  गरी सम्पूर्ण पार्टी सदस्यहरुलाई १५ घण्टाको प्रशिक्षण दिई सदस्यता नवीकरण र नयाँ सदस्य बनाउने अभियान  सञ्चालन गर्ने योजना  बनाएको छ ।

नेकपा एमालेले  जेठ मसान्त भित्र सबैपालिका वडा र टोल कमिटीहरुको अधिवेशन गर्ने, बैशाख १५ गतेभित्र सबैपालिका कमिटीका अधिवेशन सम्पन्न गर्ने,  पालिकाहरुले जनसरोकारका सवालहरुको पहिचान गरी  त्यसको जनदबाबको योजना बनाई कार्यान्वयन गर्ने र जिल्लामा समेत जनसरोकारका सवालहरुको पहिचान गरी  दबाबका कार्यक्रमहरु गर्ने भएको छ ।

धादिङ जिल्लाका दुध उत्पादन गर्ने किसानहरुले उचित मूल्य  सहितको बजार व्यवस्थापनको माग गर्दै निरन्तर आन्दोलन आएका किसानको माग प्रति नेकपा एमाले धादिङले  ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । २०८०फागुन १४ गते प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर  घोषणा गरेका आन्दोलनका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाउँदै किसानको आन्दोलनमा सहभागी हनु आम कार्याकर्तालाई एमालेले आव्हान गरेको छ ।