च्छो– रोल्पा नाँ गाउँमा झिलिमिली बिजुली

910
Shares

दोलखा। 

केन्द्रीय प्रसारण लाईनको बिजुली तत्काल पु¥याउन सम्भव नभएपछि दोलखाको पर्यटकीय केन्द्र गौरीशङ्कर गाउँपालिका वडा नम्बर– १ च्छो– रोल्पा नाँ गाउँमा सोलार बत्ती बालिएको छ ।

पछिल्लो समय अत्यधिक पर्यटक पुग्ने च्छो– रोल्पा हिमताल पदमार्गको अन्तिम गाँउ नाँ मा रात्रिको समय सोलारबाट झिलिमिली बिजुली बल्ने गरेको स्थानीय होटल व्यवसायी दावाछिरी शेर्पाले बताए । नाँ गाँउ झिलिमिली भएपछि अहिले च्छो– रोल्पा पुग्ने पर्यटक खुसी छन्– दावाछिरीले भने ।

बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र दोलखाको गौरीशङ्कर गाँउपालिकाको लागत साझेदारीमा सोलार बत्ती बालिएपछि च्छो– रोल्पा पुग्ने पर्यटकलाई सहज भएको शेर्पाको भनाई छ । नाँ गाउँमा बत्ती नहुँदा पर्यटकलाई मोवाईल फोन चार्ज गर्न, क्यामेराको ब्याट्री चार्चा गर्न, रात्रिकालिन समयमा बस्न समस्या हुने गरेको थियो स्थानीय होटल व्यवसायी दावाछिरीले भने– अहिले सोलार बत्ती बलेपछि पर्यटकलाई सबैकुरामा सहज भएको छ।

च्छो– रोल्पा नाँ गाउँमा सोलार बिजुली बाल्नको लागि नाँ सौर्य मिनिग्रिट ३० किलोवाट पिक परियोजना सञ्चालन गरिएको हो । तीन करोड ४८ लाख ९९ हजार आठ रुपैयाँ ६८ पैसाको उक्त परियोजनाको लागि बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अर्थात तीन करोड १४ लाख नौ हजार एक सय सात रुपैयाँ ८१ पैसा, गौरीशङ्कर गाँउपालिकाको नौ लाख ८९ हजार नौ सय ८७ पैसा र उर्जा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाको २५ लाख रुपैयाँ खर्च भएको गौरीशङ्कर गाँउपालिकाको प्रमुख विश्वास कार्कीले बताए ।

पर्यटकीय केन्द्र च्छो– रोल्पा, नाँ गाउँमा बिजुली आवश्यक भएकोले गौरीशङ्कर गाउँपालिकाकै समन्वयमा लागत साझेदारी कार्यक्रम अन्र्तगत सोलार बत्ती बालिएको र यो त्यस क्षेत्रको लागि अत्यन्त उपयोगी रहेको गौरीशङ्कर गाउँपालिकाका प्रमुख कार्कीले बताए ।

३० किलोवाटको सोलार बत्तीले नाँ गाउँमा २० वटा सडक बत्ती तथा ७२ घर धुरीमा बत्ती बालिएको स्थानीय होटल व्यवसायी दावाछिरीले बताए।
सनबृज सनस्टार जेभिले निर्माण गरेको नाँ सौर्य मिनिग्रिट ३० किलोवाट पिक परियोजनाको शिलान्यास गत असोज ८ गते गरिएको र माघ २ गते बत्ती बालिएको सनबृज सनस्टार जेभिका कुमार बस्नेतले बताए ।