नर्सको सौन्दर्य प्रतियोगिता हुँदै

14.4k
Shares

काठमाडौं ।

राजधानीमा नर्सहरूको सौन्दर्य प्रतियोगिता मिस नेपाल पिस २०२४ हुने भएको छ। नेक्स्ट मोडल्स नेपालले राजधानीमा आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको सातौं संस्करण घोषणा गरेको हो।

प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। आगामी मार्च ९ गतेबाट छनोट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए।

प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन्। छनोट चरणमा छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायत प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्।