टाेकियाे ।
नेपाली अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था ईन्जाको आयोजनामा जापानको टोकियोमा नेपाली पत्रकारहरू भेला हुने भएका छन्।
फ्रेब्रुअरी २८ तारिकबाट सुरूहुने “ईन्जा टोकियो सम्मोलन २०२४” का लागि नेपाल, अमेरिका, कोरिया, मध्यपूर्व एसिया, युरोप तथा विभिन्न मुलुकमा रहेका झण्डै वीस जना नेपाली पत्रकारहरु सहभागी हुने छन्।
कार्यक्रमको पहिलोचरणमा ईन्जा पदाधिकाराहरूको भेला हुने छ भने २९ तारिक अपरान्ह जापानी संचारकर्मीहरूसंग छलफल हुनेछ भने १ तारिक शुक्रबार नेपाली समुदायसँग खुल्ला अन्तरक्रिया कार्यक्रम हुने ईन्जा ग्लोबल अध्यण गुणराज लुइँटेलले जानकारी दिए।
नेपाल सहित विदेशमा छरिएर विभिन्न फरक पेसा व्यवसायमा रहेका नेपाली पत्रकारहरूलाई एउटै मालामा गास्ने अभियान अनुरूप यसटक टोकियो भेला आयोजना गरिएको कार्यक्रम संयोजक आनन्द कोइरालाले जानकारी दिए। ईन्जा स्थापनाको दिवस अवसर पारेर टोकियोमा कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।












प्रतिक्रिया