कैलालीमा १५ वर्षीया किशोरी गर्भवती

2.9k
Shares

धनगढी ।

कैलालीमा १५ वर्षीया किशोरी गर्भवती भएकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ की १५ वर्षीय किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ। उनी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो।

उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन्। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ।

फागुन ७ गतेमात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ। चौमाला क्षेत्रका नेताहरूले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोपसमेत लागेको छ।