अभिनव म्यानहन्ट इन्टरनेशनल नेपाल

196
Shares

काठमाडौं ।

पुरुष व्यक्तित्व र बौद्धिकताको अन्तर्राष्ट्रिय सौन्पुरुष व्यक्तित्व र वौद्धिकताको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ मा अभिनव थापाले उपाधि चुमेका छन्।

राजधानीको ठमेलस्थित क्लब टेनएक्स्मा हालै सम्पन्न प्रतियोगितामा उपाधि चुमेवापत थापाले आगामी मे महिनामा थाइल्यान्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

अभिनवले खल्ती मिस्टर पपुलर तथा एम्पायर मिस्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाएका छन्। प्रतियोगितामा दिलिप नेपाली टेनएक्स मिस्टर फ्रेन्डसिपका साथ मिस्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्न सफल भए भने युनिक तुलाधर रनर्सअप भएका छन्।

ग्रुुप अफ इभेन्ट इन्टरटेनर्स, जीईईको आयोजनामा सम्पन्न प्रतियोगितामा सोयस बलामीले अर्ना मिस्टर ट्यालेन्ट, सिद्धान्त केसीले ज्यासमिन मिस्टर फिजिक र विजय थापाले फोरेन्सिक मिस्टर फोटोजेनिकको अवार्ड जितेका छन्।

कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागीहरूलाई स्टेज प्रस्तुतिका लागि प्रशिक्षण प्रदान गरेका थिए।

प्रतियोगितामा फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहेका थिए।