त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा



काठमाडौं ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो।

अनिल शाहले टी-२० टिममा पनि कम ब्याक गरेका छन्। त्यस्तै नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी, रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने छ। टी-२० सिरिजको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दै छ।

प्रतिक्रिया दिनुहोस्