लुका मोड्रीचको गोलमा रियल म्याड्रिड विजयी



काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा खेलको ८१औँ मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म्याड्रिडले महत्त्वपूर्ण ३ अङ्क हासिल गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ।

रियल म्याड्रिडको २६ खेलमा ६५ अङ्क रहेको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ। त्यसै गरी सेभियाको भने २६ खेलमा २४ अङ्क रहेको छ र लिगमा १५औँ स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्