१ करोड ५२ लाख डकैती गरेको अभियोगमा ६ पक्राउ

1.4k
Shares

काठमाडौं ।

रसुवा र सिन्धुपाल्चोक घर भई टोखा बस्दै आएका क्रासाङ लामा र फुरसागें लामाको साथमा रहेको विभिन्न बहुमूल्य सामान र नगद गरी १ करोड ५२ लाख रुपियाँभन्दा बढी रकम डकैती गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

बा.प्र.०२–००४ प ४२८३, बा७० प १५६४ लगायतका ४ वटा मोटरसाइकलमा आएका लुटेराको समूहले ती दुईको साथमा रहेको २५ हजार नगद, १८ तोला सुन, बहुमूल्य सी माला, मुगामाला, मुगामाला जडित सुनको घवा, आइफोन र लामाद्वयले प्रयोग गर्ने गरेको बा.प्र.०३–०२ प–००४ प ४२८३ को मोटरसाइकल समेत लुटेर लगेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न रहेकाहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले सुन २ सय ९५ ग्राम र १९ लाख ५० हजार नगदसहित लुटपाटमा संलग्न सोनाम थापा तामाङ, लुटपाट गर्न सूचना दिने टाँसी तामाङ, डाँका गरी ल्याएको सुन किन्नेहरू अनन्तराज घिमिरे, भारतीय नागरिक देवासिस सावन्त र कार्तिक पाइकालाई हिरासतमा लिएको छ।