मार्तडी–कोल्टी सडक यात्रामा दैनिक दुईलाख रुपियाँ ठगिँदै यात्रु !

126
Shares

 बाजुरा। 

   निर्माण कम्पनीको चरम् लापरबाहीका कारण मार्तडी–कोल्टी सडक खण्डका यात्रुहरु दैनिक दुईलाख रुपैंया ठगीको मारमा परेका छन् । दुई दशक देखि निर्माणधिन उक्त सडक पक्की गर्ने ठेक्का भएको चार वर्ष बितिसक्दा सडकको स्तरउन्नती नहुँदा  यात्रुले दैनिक ठगिनु परेको हो । प्रमुखजिल्ला अधिकारी भिमकान्त पौडेलको अध्यतामा  शुक्रबार दिउँसो  बसेको संघ र प्रदेशका विकास कार्यालय र निर्माण ब्यबसायी वीच समन्वय सहजिकरण र जानकारी आदानप्रदान  उपसमितिको बैठकले समयमा सडक निर्मामाण नगर्दा बाजुरेली नागरिकले  चर्को भाडा तिर्न बाध्य हुनुपरेको निष्कर्ष निकालेको हो ।

    बैठकमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने विशेष गरी मार्तडी–कोल्टी ४३ किलोमिटर सडक खण्डमा चल्ने जीप तथा सानासवारी  साधान प्रयोग गर्दा यात्रु ठगिएका छन्। विकासको दृष्टिले –पछाडि परेको बाजुरामा सडक सञ्जालको समस्या छ । बाजुरा विकासको मेरुदण्ड सडक सञ्जाल हो । मार्तडी कोल्टी यात्रा गर्दा बस सेवा सुचारु भए, यात्रु पाँच सय रुपैंयामा कोल्टी पुग्छन्  । अहिले जिपमा यात्रा गर्दा प्रति व्यक्तिले एक हजार देखि १२⁄१५ सय रुपैंया तिर्नु परेको छ । यद्यपि जिल्ला प्रशासन कार्यालय बाजुराले भने मार्तडी– कोल्टीका लागि प्रति व्यक्ति ७५०।– रुपैंया भाडा दर कायम गरेको बताइएको छ।

अव्यवस्थित सडकमा जीपचालकले मनोमानी भाडा असुल्ने गरेको पाइएको छ  । मार्तडी–कोल्टी दैनिक चार पाँच सय मान्छे ओहोर दोहर गर्छन् । सडक राम्रो भए बसमा प्रति व्यक्ति पाँच सय रुपैंया तिरेर कोल्टी पुग्थे । सडककै कारण यात्रुहरु महंँगो भाडा तिरेर आवागमन गर्न बाध्य छन्। यो पैसा बाजुरेली गरिव जनताको हो । हिसाब गर्दा बाजुरली नागरिक एक दिनमा दुईलाख रुपिया ठगिदा रहेछन् । महिनामा साठी लाख रुपियाँ बढी हुन्छ भने वर्षमा सातकरोड  वीस लाख रुपैंया हुन जान्छ । नागरिकको यो विकराल बेदनालाई तत्काल समाधान गर्न सडक मर्मत तथा स्तर उन्नतीको विकल्प छैन । निर्माण कम्पनीले  छिटोछरितो काम सम्पन्न गर्नुप¥यो। विकास निर्माणमा ढिलासुस्ती हुन नदिन अनुगमन उपसमिति गठन गरिएकोछ । उहांहरुको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने छ ,सम्बद्ध सबैले सहयोग गरौं प्रजिअ पौडेलको भनाई थियो ।

   बाजुरामा कैंयौं, निर्माणाधीन सडक अलपत्र परेको गुनासो आएपछि  सिडिओ पौडेलले सम्बद्ध निकाय र सरोकारवालासंग सामुहिक छलफल गर्न डिभिजन सडक कार्यालय अछामका डिई ,सहरी विकास डोटी  र धनगढीबाट कार्यालय प्रमुखलाई बोलाए ।  मैले उहाँहरूको समय मागेर बैठक बोलाए ।  अरुसबै आउनुभयो , डिभिजन सडक कार्यालयका डिइ आउनु भएन ।  सबैभन्दा बढी  विवाद अलपत्र अवस्थामा रहेका सडक र  पुलको  छ ।   सडक कार्यालय प्रमुख (डि.इ. )संग टायम मागेर उहाँको अनुकूलमा बैठक राखे आज त मेरो काम छ आउन सक्दैन पो भन्छन् बा । अब डिईलाई कारबाही गर्नेकी ठेकेदारलाई  सिडिओ पौडेलको भनाई छ  ।

निर्माणकर्ताले सजिलो काम गर्छन् र ८० प्रतिशत काम सम्पन्न गरेको प्रतिवेदन तयार पारेर भुक्तानी लिन्छन् । २० प्रतिशत काम बाँकी हुन्छ । जहाँ अप्ठेरो छ, त्यही बाँकी हुन्छ । त्यही अप्ठेरो ठाउँमा गाडी चड्दैन । मार्तडी–कोल्टी सडक खण्डको हालत पनि त्यही हो। ४३ किमी सडक तिन पिसमा ठेक्का गरिएको छ ,काम कसैको सम्पन्न भएको छैन । तत्कालका लागि जहाँ अप्ठेरो छ त्यही नेर ठेकेदारले काम गरी गाडी पास गराउने काम गरुन् । सजिलो ठाउँको पिच गर्दैगर्छन् नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति एवं बडिमालिका नगरपालिकाका पूर्व नगरप्रमुख पदम बडुवालले भने । विकास निमार्ण अलपत्र पार्ने ठेकादारलाई आफ्नो पार्टीबाट संरक्षण हुँदैन बरु कारवाहीमा सघाइन्छ उपसभापति बडुवालको भनाई छ ।

 त्यसैगरी बार्जुगाड पुल निर्माण कार्यथालनी भएको नौ वर्ष भयो, दुई पिलर राख्नु बाहेक काम भएको छैन् । ठेक्का पनि नतोड्ने काम पनि नगराउने मनोबृत्तीले बाजुरा विकासले तीव्रता नपाएको  नेकपा समाजवादीका जिल्ला अध्यक्ष  पुरबहादुर रावतको  ठम्याई छ । सघन शहरी विकास कार्यालय डोटीबाट निर्माण गरिएको जयवागेश्वरी वडा नं चारको स्वास्थ्य चौकी संरचना मापदण्ड विपरीत भएको छ । मापदण्ड अनुसार निर्माण भएका संरचना मात्र आयोजना कार्यालयले बुझ्नु पर्छ  नेकपा एमाले सचिव काँसी विकको  भनाई छ ।

  आयोजनाबारे मूल्याङ्कन गर्न राजनीतिक दलको सहभागितामा जिल्ला स्तरीय  गठित उपसमितिकोको बैठकमा पूर्वाधार विकास कार्यालय अछामका डिई रुद्र बोगटीले यो वर्ष बाजुरामा ४२ करोड रुपैंया र अछाममा ३५करोड रुपैया बरावरको सडक सरचना निर्माण भैरहेको जानकारी दिए ।  स्वीकृत योजना समयमा सम्पन्न नहुँदा गत वर्ष बाजुराको तीस करोड बजेट फ्रिज गएको बोगटीको भनाई थियो । त्यस्तै सघन सहरी विकास कार्यालय डोटीबाट जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला अस्पताल, गुदुखाती स्वास्थ्य चौकी लगायत का भवन निर्माण भइरहेका छन् ।

जिल्ला अदालत बाजुरा निर्माणाधीनमा छ ।  सघन शहरी विकास कार्यालयबाट यो वर्ष  त्रिवेणी नगरपालिकामा पाँच करोड रुपैंयाको बजेट स्वीकृत भई डिपिआर भैसकेकोे छ ।  जिल्ला प्रशासनको भवन निर्माण सम्पन्न भएको बताएका छन् । जिल्लामा सञ्चालित विकास आयोजनाहरुको कार्यप्रगती अवस्था समस्याहरूको विषयमा छलफल गर्दै विकास निमार्ण सम्बन्धित कार्यालयहरुसंग समन्वयय गरी जिल्लामा अलपत्र अवस्थामा रहेका आयोजनाहरुको अनुगमन मुल्यांकनगरी प्रतिवेदन पेस गर्ने । पूर्वाधार विकास कार्यालयले मार्तडी कोल्टी सडकको अप्ठेरो सडक खण्डको कार्यलाई पहिलो प्राथमिकतामा कामगरी भाडाका बस सञ्चालन गर्ने स्तरको सडक बनाउने निर्णय गरेको छ ।

  बडिमालिका नगरपालिका वडानं आठ अनाई खोला नजिक सडक भत्किदा तिन साता देखि  मार्तडी –कोल्टी सडक अबरुद्ध भएको छ। स्थानीय प्रशासनले वैकल्पिक बाटो खोलाएको पनि सहजरुपमा गाडी चलेका छैनन् ।  बैकल्पीक बाटोमा  खेती बाली मासिएको भन्दै स्थानीयले प्रति गाडी एक हजार रुपैंया चुङ्गी उठाइरहेका छन् ।