रसुवाको कालिकास्थानमा प्रदेश स्तरीय मारुनी नाच प्रतियोगिता हुने

प्रथम हुनेलाई २५ हजार

252
Shares

रसुवा।

रसुवाको कालिकास्थानमा जिल्ला मै पहिलाे पटक बागमती प्रदेश स्तरीय मारुनी नाच प्रतियाेगिता हुने भएकाे छ । प्रथम हुनेलाई २५ हजार नगद पुरस्कार दिईने छ ।

कालिका गाउँपालिका वडा नम्बर २ स्याउवारिमा रहेकाे पर्यटन विकास तथा सन्चार केन्द्र नेपालद्वारा सन्चालित रेडियाे लाङटाङकाे आयाेजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरकाे मारुनी नाच प्रतियोगिता हुने वताईएकाे छ

माैलिक बाजागाजा तथा लाेक संस्कृतिलाई जगेर्ना गरी परम्परागत रूपकाे आस्थाको संस्कृतिलाई जिवन्त राख्न जिल्ला मा पहिलाे पटक मारुनी नृत्य प्रतियोगिता राखिएकाे रेडियो लाङटाङले जानकारी दिएकाे छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार,द्वितीय हुनेलाई २० हजार तृतीय हुनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पुराना संस्कृतिक हरूकाे जर्गेना गरी भावि पुस्ताहरूले पनि सिक्न बुझ्न सक्ने यस्तो कार्यक्रम गरेकाेमा रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले आभार व्यक्त गरे।