नेदरल्याण्ड्सविरुद्ध भुर्तेलले बनाए अर्धशतक

406
Shares

काठमाडौं ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा नेपालका भीम सार्की आउट भए। ८ बलको सामना गरेका उनले खाता खोल्न सकेनन्।

यसघि पाचौँ विकेटका रुपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। दीपेन्द्रले १ रन मात्र बनाउन सके। त्यसअघि कप्तान रोहित १६, कुशल मल्ल २ आशिफ शेख १७ र अनिल शाह ७ रन बनाएर आउट भए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३५ औँ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै ११४ रन बनाएर खेलिरहेको छ।

नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।  भुर्तेल ८५ बलमा ६१ रन बनाएर खेलिरहेका छन्। भुर्तेललाई आरिफ शेखले साथ दिइरहेका छन्।