वाफ वुमेन्स च्याम्पियनसिपः साम्बाको २ गोलमा प्यालेस्टाइनविरुद्ध नेपालको शानदार जित



काठमाडौं ।

साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारी साम्बाले २ गोल गरिन्। रेखा पौडेल र गीता रानाले एक/एक गोल गरिन्। जितसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तिम चारमा पुगेको नेपालले लगातार तीन जित निकाल्दै ९ अंक जोडेको हो। नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्