संविधानलाई लत्याउदै दलहरु सत्ता केन्द्रित हुँदा जनतामा निराशा : संविधानविद् दाहाल  

182
Shares

बुटवल।

संविधानविद् काशीराज  दाहालले  संविधानको मर्म अनुसार नेतृत्व  नजाँदा मुलुकमा समस्या देखापरेको बताएका छन् । संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रित गरेर जाँदा  जनतामा  निराशा  छाएको उनले बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद् दाहालले विभिन्न विकसित मुलुकहरुमो विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे।

संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको बताउँदै उनले संविधानले के परिकल्पना गरेको हो भने सघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट मुलुकमा सुशासन स्थापना गर्न राज्य शक्तिलाई तीन तहमा विभाजन गरेको  बताए । तीनै तहले भ्रष्ट्राचार न्यूनीकरणका लागि जुन एकताबद्धताका साथ काम गर्नुपर्ने हो त्यो अझै पनि हुन सकिरहेको छैन ।

कुनै पनि संविधानलाई गतिशील बनाउन तीन कुरा समयमा हुन आवश्यक रहेको भन्दै उनले ’   जनताले अपेक्षा गरेका कानुन तत्काल बन्नुपर्ने ,दोस्रो जनताले अनुभूति गर्न नसक्नु र तेस्रो संविधान स्वीकार नगर्ने शक्तिमार्फत कमी कमजोरी खोजी गर्नु आवश्यक भएता पनि दलहरु यस विषमा चुकेको खुलासा गरे ।

प्रशासकविज्ञ समेत रहेका  दाहलले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने उल्लेख गरे । रिपोर्टर्स क्लब नेपाल क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले योग्य र सक्षम व्यक्ति संसद्मा पुगेमा त्यसबाट बन्ने सरकार उत्तरदायी र जबाफदेही बन्ने  बताए । त्यसको लागि आम निर्वाचनबाट नै जनताले सही मतको प्रयोग गरेमा स्वार्थ समूहले विधि एवं कानुन बनाउन नपाउने भएकोले जनताले मतदान गर्दा देखि नै ध्यान पू¥याउन आग्रह गरे।