रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत

2.9k
Shares

रोल्पा ।

रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रवार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।